BIZMANDU
www.bizmandu.com

मुख्य दोषीलाई कारबाहीको दायरामा नल्याए सरकारको दिनगन्ती सुरु हुन्छ : लामिछाने

२०८० साउन १०

मुख्य दोषीलाई कारबाहीको दायरामा नल्याए सरकारको दिनगन्ती सुरु हुन्छ : लामिछाने
मुख्य दोषीलाई कारबाहीको दायरामा नल्याए सरकारको दिनगन्ती सुरु हुन्छ : लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन प्रकरणमा भरियालाई मात्र पक्राउ गरी मुख्य दोषीलाई कारबाहीको दायरामा नल्याए सरकारको दिनगन्ती सुरु हुने बताएका छन्।

Tata
GBIME
NLIC

रास्वपा सभापति लामिछानेले बुधबार प्रतिनिधि सभाको बैठकमा सुन प्रकरणमा सरकार भरियालाई समातेर तथा कर्मचारीलाई सरुवा गरेर उम्किन नपाउने बताए। ‘जरैसम्म पुग्ने काम भएन भने सरकारको दिनगन्ती सुरु हुन्छ’, उनले भने। उनले सुन प्रकरणका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताए।

भ्रष्टाचारका अरु प्रकरणमा पनि सरकार जरैसम्म नगएको भन्दै यो विषयलाई आफूहरुले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।