BIZMANDU
www.bizmandu.com

इन्डोनेसियाले ब्लक गर्‍यो मस्कको ‘एक्स डट कम’, यसकारण लगायो संचालनमा रोक

२०८० साउन १०

इन्डोनेसियाले ब्लक गर्‍यो मस्कको ‘एक्स डट कम’, यसकारण लगायो संचालनमा रोक
Photo : Getty Images


इन्डोनेसियाले इलन मस्कको एक्स डट कम वेबसाइट ब्लक गरेको छ। मस्कले ट्‍वीटरको रिब्रान्डिङ गर्दै एक्स बनाएको भोलिपल्ट इन्डोनेसियाले एक्स डट कम बन्द गरेको हो।

Tata
GBIME
NLIC

पोर्नोग्राफी र ग्याम्बलिङ नियन्त्रण गर्न बनेको कानुनअन्तर्गत सो वेबसाइट संचालनमा रोक लगाइएको हो। एक्स डट कमले पोर्नोग्राफी र ग्याम्बलिङ रोक्नुपर्ने इन्डोनेसियाली कानुन नमानेको कारण बन्द गरिएको अधिकारीहरुले बताएका छन्।

इन्डोनेसिया सरकारले एक्स डट कमको वेबसाइटको प्रकृतिबारे प्रष्ट पार्न ट्‍वीटरलाई भनिसकेको छ। ट्वीटरले एक्स डट कम ट्‍वीटरकै भएको भन्दै पत्र पठाउने तयारी गरेको छ।

मस्कले सन् १९९९ मा आफ्नो पहिलो व्यापार सुरु गर्दा एक्स डट कम भनेर सुरु गरेका थिए। त्यो बेला उनले अनलाइन बैंकिङ प्लेटफर्म  खोलेका थिए।

त्यसको तीन वर्षपछि एक्स डट कम पेपालसँग ‘मर्ज’ भएको थियो। त्यसलाई इबेले खरिद गरेको थियो।

मस्कले त्यसबेला १ करोड ६५ लाख डलर कमाएका थिए। यद्यपि, एक्स डट कम डोमेन भने उनकै नाममा रहेको छ। अहिले एक्स डट कम खोल्दा ट्‍वीटर खुल्छ।

मस्क सन् २००२ मा खोलेको अमेरिकी एरोस्पेस कम्पनी स्पेस एक्सको सीईओ पनि हुन्। उनले आफ्नो छोरोको नामा पनि एक्स राखेका छन्। उनले पछिल्लो समय च्याट जीपीटीलाई टक्कर दिने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्ट अप ‘एक्स एआइ’ निर्माण गर्ने घोषणा पनि गरेका थिए।