BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभामा ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफाबार छलफलका लागि पेस गरिने

२०८० साउन १०

प्रतिनिधिसभामा ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफाबार छलफलका लागि पेस गरिने
प्रतिनिधिसभामा ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफाबार छलफलका लागि पेस गरिने


काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

Tata
GBIME
NLIC

यस्तै, घिमिरेले प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पनि सुनाउने छन्।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, शिक्षा मन्त्री अशोक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।