BIZMANDU
www.bizmandu.com

कालीमाटीमा तरकारीको थोक मूल्य : लोकल गाजरको न्यूनतम मूल्य प्रतिकिलो ११० रुपैयाँ

२०८० साउन १०

कालीमाटीमा तरकारीको थोक मूल्य : लोकल गाजरको न्यूनतम मूल्य प्रतिकिलो ११० रुपैयाँ
Kalimati Vegetable and fruits market

काठमाडौं। कालीमाटी बजार विकास समितिले बुधबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ।

Tata
GBIME

बुधबार ठूलो गोलभेडा (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य ११० रुपैयाँ रहेको छ। मंगलबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ र अधिकत मूल्य १२० रुपैयाँ थियो।

त्यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ तय भएको छ। मंगलबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४५ रुपैयाँ तय भएको छ।

सानो गोलभेडा (टनेल)को न्यूनतम थोक मूल्य ५८ रुपैयाँ छ भने अधिकतम मूल्य ६८ रुपैयाँ रहेको छ।

यस्तै, लोकल गाजरको न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकतम मूल्य १२० रुपैयाँ रहेको छ।

आज रातो आलुको न्यूनतम थोक मूल्य ४८ रुपैयाँ र अधिकतम मूल्य ५० रहेको छ। भारतीय रातो आलुको न्यूनतम थोक मूल्य ३५ रुपैयाँ रहँदा अधिकतम मूल्य ३६ रुपैयाँ रहेको छ। सेतो आलुको न्यूनतम थोक मूल्य ३४ रुपैयाँ तय भएको छ भने अधिकतम मूल्य ३५ रुपैयाँ रहेको छ।

कालीमाटी बजारमा यस्तो छ तरकारीको थोक मूल्य

स्रोत : कालीमाटी बजार विकास समिति