BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिले सम्बोधन गरेन होटल तथा पर्यटन क्षेत्रको समस्या, व्यवसायी निराश

२०८० साउन ९

मौद्रिक नीतिले सम्बोधन गरेन होटल तथा पर्यटन क्षेत्रको समस्या, व्यवसायी निराश
मौद्रिक नीतिले सम्बोधन गरेन होटल तथा पर्यटन क्षेत्रको समस्या, व्यवसायी निराश


काठमाडौं। होटल संघ नेपालले मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न नसकेको प्रतिकृया दिएको छ।

Tata
GBIME
NLIC

संघले मंगलबार जारी गरेको विज्ञप्तिमा कोभिड र रुस-युक्रेन युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनर्कर्जा, पुनर्तालिकीकरण जस्ता सुविधा आवश्यक पर्नेमा राष्ट्र बैंकले त्यसमा काम नगरेको संघको बुझाइ छ।

संघले कम ब्याजदरको ऋणको अपेक्षा पनि गरेको छ। बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको भने पनि निरन्तर थपिँदै गएको तारे लगायतका होटलहरुको कुल क्षमताको एक तिहाइभन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको यथार्थ विर्सिएको आरोप लगाएको छ।

‘वर्तमान अवस्थामा होटलहरुले बैंकलाई नियमित बुझाउनु पर्ने साँवा र व्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ,’ संघले भनेको छ, ‘गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु/बुझाउनु पर्ने साँवा व्याजलाई पुनर्कर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको भए तापनि हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको छ।’

मुलुकमा विश्व विख्यात होटल ब्रान्डहरु भित्रिने क्रम बढ्दै गएको भएपनि मौजुदा मौद्रिक नीतिले यथेष्ट प्रोत्साहित गर्न नसकेको संघको बुझाइ छ।