BIZMANDU
www.bizmandu.com

टिकटकमा अब ‘टेक्स्ट’मात्रै पनि पोस्ट गर्न मिल्ने, सोसल मिडिया एपबीच बढ्दै प्रतिस्पर्धा

२०८० साउन ९

टिकटकमा अब ‘टेक्स्ट’मात्रै पनि पोस्ट गर्न मिल्ने, सोसल मिडिया एपबीच बढ्दै प्रतिस्पर्धा
टिकटकमा अब ‘टेक्स्ट’मात्रै पनि पोस्ट गर्न मिल्ने, सोसल मिडिया एपबीच बढ्दै प्रतिस्पर्धा


सोसल मिडिया एपहरुबीच प्रतिस्पर्धा बढ्दै जाँदा भिडियो स्ट्रिमिङ एप टिकटकले ‘टेक्सट वन्ली पोस्ट’ सेवा सुरु गरेको छ।

Tata
GBIME
NLIC

नयाँ तरिकाले आफ्नो कुरा भन्न अब ‘टेक्स्ट’मात्र पोस्ट गर्न मिल्ने फिचर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। ट्वीटरको लोगोबाट चरा हटाएर एक्स राखिएपछि टिकटकले यो फिचर सुरु गरेको हो।

यही महिनामात्रै टिकटकले स्पोटिफाइ र एप्पल म्युजिकलाई प्रतिस्पर्धा दिन म्युजिक स्ट्रिम सेवा (टिकटक म्युजिक) सुरु गरेको थियो।

नयाँ फिचर थपिएसँगै टिकटकको एपमा अब तीनवटा अपसन (फोटो, भिडियो र टेक्स्ट) देखिनेछ। टेक्स्टमा संगीत, लोकेसन वा डुएट पनि राख्न मिल्नेछ।

‘यो फिचरले टेक्स्ट पोस्टलाई भिडियो र फोटो पोस्ट जस्तै डाइनामिक र इन्टर्एक्टिभ बनाउनेछ,’ टिकटकले भनेको छ।

टिकटकले आउने दिनमा थप फिचरहरु ल्याउने पनि जनाएको छ। विश्वभर दैनिक एक अर्ब भन्दा बढीले टिकटक चलाउने गरेको कम्पनीले जनाएको छ।