BIZMANDU
www.bizmandu.com

सुनचाँदीमा झिनो घटबढ, सुनमा प्रतितोला २ सय बढोत्तरी, चाँदीमा ५ रुपैयाँको गिरावट

२०८० साउन ९

सुनचाँदीमा झिनो घटबढ, सुनमा प्रतितोला २ सय बढोत्तरी, चाँदीमा ५ रुपैयाँको गिरावट
सुनचाँदीमा झिनो घटबढ, सुनमा प्रतितोला २ सय बढोत्तरी, चाँदीमा ५ रुपैयाँको गिरावट

काठमाडौं। लगातार घटेको सुनको मूल्यमा साताको तेस्रो दिन सामान्य बढोत्तरी छ। मंगलबार २ सय रुपैयाँ बढ्दा सुनको कारोबार मूल्य एक लाख १२ हजार २०० रुपैयाँ कायम भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य भने थोरै घटेको छ। मंगलबार ५ रुपैयाँ घट्दै प्रतितोला १४ सय ५५ रुपैयाँ भएको हो।

तोलामा ५ रुपैयाँ घट्दा सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन बढ्ने क्रममा प्रतिऔंस १९६२.४९ डलर आइपुगेको छ। चाँदी प्रतिऔंस २४.५६ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १९६०.१४ डलर र चाँदी २४.६ डलर थियो।