BIZMANDU
www.bizmandu.com

अमेरिकाका १० सहरमा असोज तेस्रो सातादेखि कालीप्रसाद र इन्दिराको सांगीतिक यात्रा

२०८० साउन ९

अमेरिकाका १० सहरमा असोज तेस्रो सातादेखि कालीप्रसाद र इन्दिराको सांगीतिक यात्रा
अमेरिकाका १० सहरमा असोज तेस्रो सातादेखि कालीप्रसाद र इन्दिराको सांगीतिक यात्रा


काठमाडौं। नेपाली कलाकारले अमेरिकामा सांगीतिक कार्यक्रम ‘युएसए टुर २०२३’ गर्ने भएका छन्। गायिका इन्दिरा जोशी र संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको मुख्य प्रस्तुति रहने यात्रा आगामी दसैंमा हुनेछ।

Tata
GBIME
NLIC


‘युएस टुर २०२३’ अन्तर्गत अमेरिकाका प्रमुख १० सहरमा सांगीतिक प्रस्तुति हुने थ्री ई इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ। टुर अक्टोबर ७ देखि नोभेम्बर १४ (असोज २० देखि कात्तिक २८)सम्म चल्नेछ।

कलाकारको व्यवस्थापन पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालिले गरेको छ। कार्यक्रम हुने सहर र स्थान भने चाँडै घोषणा गरिने आयोजकले जनाएको छ।

एलएलसीले यसअघि पनि अमेरिकामा हाइ प्रोफाइल इभेन्टहरु आयोजना गर्दै आएको छ। यो कम्पनीले नेपालमा विभिन्न समयमा कलाकारको व्यवस्थापन गर्दै देशभरि सांगीतिक टुरको कार्यक्रम गरिसकेको छ।