BIZMANDU
www.bizmandu.com

एमजी जेडएस इभीको प्रतिस्पर्धी एटो ३ को एडभान्स्ड भेरियन्टको डेलिभरी अर्को हप्ताबाट

२०८० साउन ९

एमजी जेडएस इभीको प्रतिस्पर्धी एटो ३ को एडभान्स्ड भेरियन्टको डेलिभरी अर्को हप्ताबाट
एमजी जेडएस इभीको प्रतिस्पर्धी एटो ३ को एडभान्स्ड भेरियन्टको डेलिभरी अर्को हप्ताबाट


काठमाडौं। एमजी जेडएस इभीको प्रतिस्पर्धी ५० किलोवाट आवर ब्याट्री प्याक भएको एटो ३ को एडभान्स्ड भेरियन्टको डेलिभरी अर्को हप्ताबाट सुरु हुने भएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त भेरियन्टको डेलिभरी अर्को हप्ताबाट सुरु हुने जनाएको छ।

Tata
GBIME
NLIC

यो गाडीको डेलिभरीका लागि कम्पनीले सुरुको लटमा ५० युनिट ल्याउने भएको छ। यो गाडीमा १०० किलोवाटको मोटर दिइएको छ। जसमा ४९.९२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यो गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरिएको छ।

कम्पनीले एटो ३ को सुपेरियर भेरियन्टको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आइरहेको छ। यो गाडीको मूल्य र एमजी जेडएस इभीको मूल्यमा धेरै फरक भएपछि साइमेक्सले उक्त गाडीसँग प्रतिस्पर्धा गर्न ५० किलोवाट आवरको ब्याट्री प्याक भएको एटो ३ ल्याएको हो।

जेडएस इभीमा पनि ५१ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ३१८ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको मूल्य नेपाली बजारमा ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

एमजीले यसको स्ट्यान्डर्ड भेरियन्ट ल्याउन बन्द गरेको छ। यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ कायम गरिएको थियो। तर जेटएसले करको दर बढेपछि यो भेरियन्ट जेडएस इभी ल्याउन बन्द गरिएको छ। तर यसको लङ रेन्ज भेरियन्ट भने उपलब्ध छ।

बीवाइडी एटो ३ को अहिले ३ वटा भेरियन्ट नेपाली बजारमा उपलब्ध छ। जसमा १०० किलोवाट मोटर भएका एडभान्स्ड र सुपेरियर छन्। यस्तै १५० किलोवाट क्षमताको मोटर भएको पर्पर्मेन्स भेरियन्ट उपलब्ध छ। जसको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ छ।