BIZMANDU
www.bizmandu.com

एसिया प्रशान्त क्षेत्रस्तरीय हवाई सुरक्षा सम्मेलन बैंककमा, क्यानका महानिर्देशकले गरे अध्यक्षता

२०८० साउन ८

एसिया प्रशान्त क्षेत्रस्तरीय हवाई सुरक्षा सम्मेलन बैंककमा, क्यानका महानिर्देशकले गरे अध्यक्षता
एसिया प्रशान्त क्षेत्रस्तरीय हवाई सुरक्षा सम्मेलन बैंककमा, क्यानका महानिर्देशकले गरे अध्यक्षता


काठमाडौं। एसिया प्रशान्त क्षेत्रस्तरीय हवाई सुरक्षा सम्मेलन आज सुरु भएको छ। थाइल्याण्डको बैंककमा सुरु भएको सम्मेलनमा नेपाल नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहभागी छन्।

Tata
GBIME
NLIC

सम्मेलनको अध्यक्षता अधिकारीले नै गरिरहेका छन्। सम्मेलन हवाइ सुरक्षाका विषयमा केन्द्रीत छ। सम्मेलनमा २८ मुलुकका प्रतिनिधि सहभागी छन्। 

लेजरका कारण जहाज अवतरणमा समस्या आइरहेको विषयमा पनि छलफलको तालिका रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। सम्मेलन मंगलबारसम्म चल्नेछ।