BIZMANDU
www.bizmandu.com

सेयर बजारमा मौद्रिक नीतिको उत्साह एक दिनपनि टिकेन, बैंकिङ समूह घट्दा सूचकमा दबाब

२०८० साउन ८

सेयर बजारमा मौद्रिक नीतिको उत्साह एक दिनपनि टिकेन, बैंकिङ समूह घट्दा सूचकमा दबाब
सेयर बजारमा मौद्रिक नीतिको उत्साह एक दिनपनि टिकेन, बैंकिङ समूह घट्दा सूचकमा दबाब

काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकको फड्को मारेको सेयर बजार लगत्तैको कारोबारमा भारी अंकले घटेको छ। 

Tata
GBIME
NLIC

सोमबार २६.६६ अंक घट्दा अघिल्लो वृद्धि भएको लगभग आधा हिस्सा गुमेको हो। बजार २२ सयको विन्दुमा सीमित छ।

बैंकिङ समूह भारी दरले घट्दा सेयर बजार सूचक नेप्से १.१९ प्रतिशत ओर्लिएको छ। आज बैंकिङ समूह २ प्रतिशत, विकास बैंक ३.५ र ट्रेडिङ समूह २.९२ प्रतिशतको दरले घट्यो। सबैभन्दा बढी गुमाउने यही समूह हुन्।

मौद्रिक नीतिमा सेयर धितो ऋणको जोखिम भार पुनरावलोकन गर्ने विषय उल्लेख छ। तर राष्ट्र बैंकले ५० लाखसम्मको कर्जा पट्टीको जोखिमभार मात्र घटाउने भएपछि लगानीकर्ता निराश छन्। त्यो सीमाभन्दा माथिको कर्जामा भने यथावत राख्ने जनाएको छ।

अहिले १५० प्रतिशतसम्म रहेको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग लगानीकर्ताको थियो।

नेप्से सूचक घट्दा कारोबार रकम भने बढेको छ। दिनभरमा ४ अर्ब ७३ करोड रुपैयाँको किनबेच भएको छ। बजार घटेपनि किसान लघुवित्तको सेयरमा १० प्रतिशत वृद्धिले सर्किट लागेको छ। नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको मूल्य ह्वात्तै बढ्दा अन्य समूहमा भने हरियाली देखिन्छ।