BIZMANDU
www.bizmandu.com

मुद्रा कोष मिसन टोलीले भेट्यो योजना आयोग उपाध्यक्ष, १६औं योजनामाथि छलफल

२०८० साउन ८

मुद्रा कोष मिसन टोलीले भेट्यो योजना आयोग उपाध्यक्ष, १६औं योजनामाथि छलफल
मुद्रा कोष मिसन टोलीले भेट्यो योजना आयोग उपाध्यक्ष, १६औं योजनामाथि छलफल


काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन चीफ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ। आइएमएफको नयाँ मिसन चिफका रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारमा शिष्टाचार भेट गरेको हो।

Tata
GBIME
NLIC

भेटमा आइएमएफले आयोगले तयार गर्ने १६औं पञ्चवर्षीय योजना तर्जुमाको विषयमा चासो राखेको थियो। १६औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको आयोगले जनाएको छ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आइएमएफलाई धन्यवाद दिएका थिए। गत बिहीबार नेपाल आएको आइएमएफको मिसन टोली बुधबारसम्म रहने छ। आयोगमा भएको भेटघाटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए।