BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सोमबार सुन प्रतितोला एक लाख १२ हजार

२०८० साउन ८

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सोमबार सुन प्रतितोला एक लाख १२ हजार
सुनचाँदीको मूल्यमा लगातार गिरावट, सोमबार सुन प्रतितोला एक लाख १२ हजार


काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। साताको पहिलो दिनका तुलनामा सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।

Tata
GBIME
NLIC

सोमबारका लागि सुनको बजार मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ५ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि थोरै घटेको छ। सोमबार ५ रुपैयाँ घट्दै प्रतितोला १४ सय ६० रुपैयाँ भएको हो। तोलामा १५ रुपैयाँ घट्दा आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन घट्ने क्रममा प्रतिऔंस १९६०.१४ डलर आइपुगेको छ। चाँदी प्रतिऔंस २४.६ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १९६१.८५ डलर र चाँदी २४.६१ डलर थियो।