BIZMANDU
www.bizmandu.com

भारत ‘ए’लाई १ सय २८ रनले हराउँदै पाकिस्तान ‘ए’ले जित्यो इमर्जिङ एसिया कपको उपाधि

२०८० साउन ७

भारत ‘ए’लाई १ सय २८ रनले हराउँदै पाकिस्तान ‘ए’ले जित्यो इमर्जिङ एसिया कपको उपाधि
Mubasir Khan of Pakistan A bats during the Final of the ACC Men's Emerging Teams Asia Cup 2023 cricket match between India A and Pakistan A at the R. Premadasa International Cricket Stadium, Colombo, Sri Lanka on July 23, 2023. Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE


इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतलाई १२८ रनको अन्तरले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले ताइय्यब ताहिरको शतकको सहायतामा ८ विकेट गुमाउँदै ३५२ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारत ४०औं ओभरको समाप्तिमा अलआउट हुँदै २२४ रनमा समेटियो।

पाकिस्तानका लागि ताहिरले सर्वाधिक १०८ रन बनाउँदा शहिबजादा फरानले ६५, सइम अय्युबले ५९ तथा ओमइर युसुफ र मुबासीर खानले समान ३५ रन बनाएका थिए। बलिङतर्फ भारतका अभिषेक शर्मा र रियान परागले समान २ विकेट लिँदा हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले पहिलो विकेटका रुपमा २९ रन बनाएर खेलिरहेका ओपनर साइ सुदर्सनलाई ८.३ ओभरमा गुमायो। अर्का ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाउँदा कप्तान यस ३९ रन बनाए। त्यस बाहेकका ब्याट्सम्यान नचल्दा कप्तान धुल सुफियन मुक्विमको बलमा २५.३ ओभरमा आउट हुँदा स्कोर बोर्डमा भारतको १५९-५ को अवस्था थियो। त्यसपछिका ब्याट्सम्यानलाई पाकिस्तानी बलरले क्रिजमा जमेर साझेदारी बनाउने अवसर नै नदिँदा भारत २२४ रनमा रनमा समेटियो।

भारतलाई लक्ष्यसम्म पुग्न नदिन पाकिस्तानका सुफियन मक्विमले सर्वाधिक ३ विकेट लिँदा अर्सद इक्बाल, मेहरन मुम्ताज र मोहम्मद वसीमले समान २ विकेट लिए। त्यस्तै मुबासीर खानले १ विकेट लिए।

नेपाललाई हराएका थिए दुबै टोलीले

भारत र पाकिस्तान दुबै टोली प्रतियोगिताको समूह ‘बी’ मा थिए। समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई ‘ए’ रहेका थिए। जसमा भारत र पाकिस्तान समूह विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। समूह चरणमा भारत र पाकिस्तान दुबै टोलीले नेपाललाई हराउँदा यूएई भने नेपालसँग पराजित भएको थियो।

सेमिफाइनलमा पाकिस्तान ‘ए’ ले श्रीलंका ‘ए’लाई ६० रनले हराउँदै फाइनल प्रवेश गरेको थियो भने भारत ‘ए’ले बंगलादेश ‘ए’लाई ५१ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।