BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिले बढायो सेयर बजार, त्यो हल्ला- जुन मौद्रिक नीतिमा नपर्दा लगानीकर्ताको मनोबल उच्च

२०८० साउन ७

मौद्रिक नीतिले बढायो सेयर बजार, त्यो हल्ला- जुन मौद्रिक नीतिमा नपर्दा लगानीकर्ताको मनोबल उच्च
मौद्रिक नीतिले बढायो सेयर बजार, त्यो हल्ला- जुन मौद्रिक नीतिमा नपर्दा लगानीकर्ताको मनोबल उच्च

काठमाडौं। मौद्रिक नीति सार्वजनिक हुनु पूर्व २५ अंक हाराहारी बढेको सेयर बजार मौद्रिक नीति सार्वजनिकपछि फराकिलो अंकले बढेको छ।

Tata
GBIME

बजार एकै दिन २२२७ अंकमाथि पुगेर बन्द भएको छ। बीचमा २२२८ अंकसम्म पुगेको थियो।

मौद्रिक नीतिमा सेयर धितो ऋणको जोखिम भार पुनरावलोकन गर्ने विषय उल्लेख छ। अहिले १५० प्रतिशतसम्म रहेको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग लगानीकर्ताको थियो।

अर्कोतिर राष्ट्र बैंकले सेयर धितो ऋण बन्द गरेर ब्रोकरमार्फत मात्र मार्जिन लेन्डिङ गर्ने व्यवस्था गर्दैछ भन्ने व्यापक हल्ला थियो। तर, मौद्रिक नीतिमा त्यो व्यवस्था परेन। यसले लगानीकर्ताको मनोबल उच्च बनायो।

सूचकसँगै कारोबार रकम पनि बढेको छ। दिनभरीमा ४ अर्ब ३७ करोड रुपैयाँको किनबेच भएको छ। दुई कम्पनीको सेयरमा त १० प्रतिशत वृद्धिले सर्किट लागेको छ। सबै उपसूचकहरु हरियो भएका छन्।