काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा दिए बापत कायम गर्नुपर्ने जोखिम भार पुनरावलोकन गर्ने भएको छ। राष्ट्र बैंक एक सञ्चालकले पुनरावलोकनको अर्थ घटाउने रहेको बताए।
आइतबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने जनाएको हो।
के कति थपघट हुने बारे राष्ट्र बैंकले सर्कुलर जारी गरी बैंकहरुलाई निर्देशन दिनेछ। अहिले सेयर धितो कर्जा दिए बापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्छ।