BIZMANDU
www.bizmandu.com

आँखुखोला जलविद्युत साढे ४४ लाख रुपैयाँ नोक्सानीमा, जगेडा २४ करोड ऋणात्मक

२०८० साउन ७

आँखुखोला जलविद्युत साढे ४४ लाख रुपैयाँ नोक्सानीमा, जगेडा २४ करोड ऋणात्मक
आँखुखोला जलविद्युत साढे ४४ लाख रुपैयाँ नोक्सानीमा, जगेडा २४ करोड ऋणात्मक


काठमाडौं। आँखुखोला जलविद्युत नोक्सानीमा गएको छ। पोहोर असार मसान्तसम्ममा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी गत आर्थिक वर्ष २०७९/८० मा ४४ लाख ६१ हजार रुपैयाँ नोक्सानीमा गएको हो।

Tata
GBIME
NLIC

उक्त आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १३.८० प्रतिशत घटेर १९ करोड २२ लाख रुपैयाँमा सीमित रह्‍यो। अघिल्लो आव बिजुली बेचेर कम्पनीले २२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

नेपाल विद्युत प्राधिकरणले आयोजनालाई पूर्ण क्षमतामा चलाउन रोक लगाउँदा विद्युत उत्पादन र बिक्री दुवै प्रभावित भएको कम्पनीले उल्लेख गरेको छ। जसका लागि कम्पनीले क्षतीपूर्ति पनि माग गरेको छ।

पोहोरभन्दा उत्पादन र वितरणको लागत पनि बढेको कम्पनीको बुझाइ छ। यस्तो लागत ६१ लाख वृद्धि भएको छ। मेसिन बिग्रिएबापत बीमाबाट दाबी भुक्तानी पाउँदा अन्य स्रोतको आम्दानीमा वृद्धि छ। 

कम्पनीले यसपालि पोहोरभन्दा कम ब्याज तिरेको छ। ७० लाख भन्दा बढीले यस्तो भुक्तानी रकम घटेको छ। 

८० करोड चुक्ता पुँजी रहेको आँखुखोलाको जगेडा २४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ। यसबीच विद्युत नियमन आयोगले हालै कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५६ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ६९.६१ रुपैयाँ कायम छ।