BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान, खाद्य सुरक्षा सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा विशेष सम्बोधन गर्ने

२०८० साउन ६

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान, खाद्य सुरक्षा सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा विशेष सम्बोधन गर्ने
??????? ??????? ???, ????? ??? ???? ???????? ‘??? ?????? ???? ???? ??’?? ?????? ??? ?????? ???????????????? ??????? ????? ????????????? ???????? ????? ‘???????’ ?????? ????? ???????? ????? ?????? ??????????? ????? ??????? ?????????? ? ? ?????? ????????? ????÷????

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ आज इटाली प्रस्थान गरेका हुन्।

Tata
GBIME

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले बिदाइ गरे। प्रधानमन्त्रीसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत लगायत गएका छन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय रोममा हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तालिका छ। अतिकम विकसित मुलुकको अध्यक्षका हैसियतमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रम साउन ८ देखि १० गतेसम्म हुनेछ ।

प्रधानमन्त्री दाहालले ८ गते उद्घाटनसत्र तथा ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा हुने छलफलमा भाग लिएपछि संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने तालिका छ। उनी साउन १२ गते स्वदेश फर्कने छन्।