BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि, क्यूआरबाट पैसा आउँदा ध्वनीले सूचना दिने

२०८० साउन ५

माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि, क्यूआरबाट पैसा आउँदा ध्वनीले सूचना दिने
माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि, क्यूआरबाट पैसा आउँदा ध्वनीले सूचना दिने

काठमाडौं। माछापुच्छ्रे बैंकले क्यूआरबाट भुक्तानी प्राप्त हुँदा आवाज मार्फत् जानकारी गराउने प्रविधि ल्याएको छ।

Tata
GBIME

क्यूआर राख्ने व्यवसायीले रकम पाएको सूचना एसएमएस साथै ध्वनी मार्फत् पाउने बैंकले जनाएको छ। क्यूआरमा भोइस बक्स जडान गरी सेवा लिन सकिनेछ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक पहिलो हो। यो सेवा हाल नेपाल पे क्यूआरमा आबद्ध मर्चेन्टहरूमा उपलब्ध छ।

बैंकका अनुसार यो प्रविधिले क्यूआरको लोकप्रियता र विश्वस्नियता बढ्नेछ। यसबाट हजारौं साना तथा मझौला सेवाग्राही लावान्वित हुने बैंकले जनाएको छ।