BIZMANDU
www.bizmandu.com

९ अर्बमा अरुण करिडोर प्रसारणलाइन बनाईंदै, २२६० मेगावाट विद्युत वहनको क्षमता ‍

२०८० साउन ५

९ अर्बमा अरुण करिडोर प्रसारणलाइन बनाईंदै, २२६० मेगावाट विद्युत वहनको क्षमता ‍
९ अर्बमा अरुण करिडोर प्रसारणलाइन बनाईंदै, २२६० मेगावाट विद्युत वहनको क्षमता ‍

काठमाडौं। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हाइटार-सीतलपाटी (अरुण करिडोर) प्रसारणलाइन निर्माण गर्ने भएको छ। कम्पनीले सम्भाव्यता र वातावरणीय अध्ययन सकेर निर्माण प्रक्रिया अगाडि बढाएको हो।

Tata
GBIME
Zonsen

निर्माण अनुमति (जेनेरेस लाइसेन्स) माग गर्दै कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएकामा विभाग पनि सकारात्मक देखिएको छ। विभागले अनुमति दिने प्रक्रियाअन्तर्गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला निकायसँग राय सुझाव मागेको छ। आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखितरुपमा राय/सुझाव दिन भनिएको छ। लाइसेन्स पाएलगत्तै निर्माण थाल्ने कम्पनीको तयारी छ।

प्रसारणलाइन संखुवासभाको मकालु गाउँपालिका-४ मा ४००/१३२ केभी हाइटार सबस्टेसनदेखि चिचिला गाउँपालिका हुँदै खाँदबारी नगरपालिका-१० मा बनाउन लागिएको ४००/२२० केभी सितलपाटी सबस्टेसनसम्म निर्माण गरिनेछ।

यो आयोजना अन्तर्गत ३०० एमभीएको हाइटार र ६३० एमभीएको सीतलपाटी सबस्टेसन निर्माण हुनेछ। प्रसारणलाइन करिब ३५ किलीमिटर लामो हुनेछ। ९८ वटा टावरसहितको प्रसारणलाइन २ वर्षमा बनाउने लक्ष्य छ।

यो प्रसारणलाइनले ४५४ मेगावाटको किमाथांका अरुण, १०६१ मेगावाटको माथिल्लो अरुण, ४९० मेगावाटको अरुण-४  लगायत योजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउँछ। बरुण खोलाका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्नेछ। यो प्रसारणलाइनले २२६० मेगावाट विद्युत वहन गर्न सक्छ। प्रसारणलाइन निर्माणमा ९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।