BIZMANDU
www.bizmandu.com

भोलि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म यी स्थानमा हुनेछैन विद्युत आपूर्ति

२०८० साउन ५

भोलि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म यी स्थानमा हुनेछैन विद्युत आपूर्ति
भोलि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म यी स्थानमा हुनेछैन विद्युत आपूर्ति


काठमाडौं। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको स्तरोन्नित अन्तर्गत टेकु-स्युचाटार ६६ केभी चार्ज गर्ने कार्य भइरहेको छ। सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईवटा मध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्ने पर्ने भएकाले केही फिडरहरुबाट प्रवाह हुँदै आएको बिजुली आपूर्ति साउन ६ गते (भोलि) रोकिने भएको छ।

Tata
GBIME
NLIC

नेपाल विद्युत प्राधिकरणले आज सूचना जारी गरी भोलि बिहान ८:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म बागमती, पुल्चोक, चमती, कीर्तिपुर, त्रिपुरेश्वर, थापाथली, भैँसेपाटी छेत्रपाटी फिडर अन्तर्गत रहेका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ।

बागमती फिडर अन्तर्गत सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती सानेपा मोड र रेडिएण्ड स्कुलमा भोलि बिहान साढे ८ बजेदेखि दिउँसो ४:३० सम्म विद्युत आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ। पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सिखेल, पुल्चोक प्रधान सेनापति निवास, ठाडोढुंगा र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल, बारुद खानामासमेत सोही समयमा विद्युत सेवा अवरुद्ध हुनेछ।

यस्तै, कीर्तिपुर फिडर अन्तर्गत रहेको बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्यांग्लाफाँटको केही भागमासमेत विद्युत आपूर्ति अवरुद्ध हुनेछ। त्रिपुरेश्वरमा फिडर रहेको टेकू स-स देखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्विचिङतर्फ रहेको टेकू स-स हुँदै त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालयन होटल, ‚थानीय विकास मन्त्रालय, पुल्चोक क्याम्पससम्म पनि विद्युत सेवा प्रभावित हुनेछ।

भैँसेपाटी फिडर अन्तर्गत रहेको महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा र छेत्रपाटी फिडर अन्तर्गत रहेको टेकू स-स देखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि छेत्रपाटीसम्म पनि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्यु सेवा प्रभावित हुनेछ।

यद्यपि, प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमति विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको गरेको छ।