BIZMANDU
www.bizmandu.com

सरकारले एकै पटक गर्‍यो १३ सचिवको सरुवा, बढुवा भएका उपाध्याय र बस्नेतलाई प्रदेशको जिम्मेवारी

२०८० साउन ४

सरकारले एकै पटक गर्‍यो १३ सचिवको सरुवा, बढुवा भएका उपाध्याय र बस्नेतलाई प्रदेशको जिम्मेवारी
सरकारले एकै पटक गर्‍यो १३ सचिवको सरुवा, बढुवा भएका उपाध्याय र बस्नेतलाई प्रदेशको जिम्मेवारी


काठमाडौं। सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा गरेको सहरी विकास मन्त्री सीता गुरुङले जानकारी दिइन्। 

Tata
GBIME

हालै बढुवा भएका दुई सचिवलाई प्रदेशको जिम्मेवारीमा पठाइएको छ।  

निर्णय अनुसार गोपी खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। यस्तै, मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा खटाइएको छ। 

मुकुन्द निरौलाको उद्योग मन्त्रालय, सुरेश अधिकारीलाई शिक्षा मन्त्रालय, रामकृष्ण सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।  

युवा तथा खेलकुदमा रविलाल पन्थ, निर्वाचन आयोगमा सूर्य गौतम, केन्द्रीय तथ्याङ्क कार्यालयमा तोयम रायलाई पठाइएको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयमा दामोदर रेग्मी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गोकर्णमणि दुवाडी र पर्यटन मन्त्रालयमा भरतमणि सुवेदीलाई पठाइएको छ। 

हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।