BIZMANDU
www.bizmandu.com

सुन प्रकरणमा अनुसन्धान गर्न उच्च अदालतले राजस्व अनुसन्धान विभागलाई दियो थप १० दिन

२०८० साउन ४

सुन प्रकरणमा अनुसन्धान गर्न उच्च अदालतले राजस्व अनुसन्धान विभागलाई दियो थप १० दिन
सुन प्रकरणमा अनुसन्धान गर्न उच्च अदालतले राजस्व अनुसन्धान विभागलाई दियो थप १० दिन

काठमाडौं।झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ। राजस्व अनुसन्धान विभागले आरोपीहरूलाई आज अदालतमा पेस गरेकामा अदालतले अनुसन्धानका लागि १० दिनको अनुमति दिएको अदालतकी उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

Tata
GBIME

यो प्रकरणमा विभागले अहिलेसम्म एक चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तीमध्ये आज भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल तथा ट्याक्सी चालक अशोक रानामगरको म्याद थप भएको हो।

चिनियाँ नागरिक जेयुङ लिन आज पक्राउ परेका हुन्। उनलाई चीन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । भन्सार पास भएर विमानस्थलबाट बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति झन्डै एक सय किलो सुन बरामद गरेको थियो । यो प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।