BIZMANDU
www.bizmandu.com

उत्पादनशील क्षेत्रमा लगानी बढाउन सांसदको सुझाव, गभर्नर भन्छन्- कर्जा विस्तार नै सुस्ताएको छ

२०८० साउन ४

उत्पादनशील क्षेत्रमा लगानी बढाउन सांसदको सुझाव, गभर्नर भन्छन्- कर्जा विस्तार नै सुस्ताएको छ
????? ????, ?????????????? ???? ??????? ??????? ??????????? ????? ?????? ????????? ? ?????? : ??????? ?????/????


काठमाडौं। सांसदहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको अर्थ समितिले बिहीबार गभर्नर महाप्रसाद अधिकारीसँग राखेको छलफलमा सांसदहरुले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुदृढ बनाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताए ।

Tata
GBIME
NLIC

पूर्वअर्थमन्त्री विष्णु पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै मध्यमार्गी नीति ल्याउन सुझाव दिए। उनले सरकार र राष्ट्र बैंकको सम्बन्ध घनिष्ट हुनुपर्नेमा जोड दिए।

सांसद डा स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय क्षेत्रले अनुत्पादक क्षेत्रमा बढी ऋण प्रवाह गरेकाले कर्जा विस्तारअनुसार आर्थिक वृद्धिदरको तादम्य नमिलेको बताए । उनले घरजग्गालगायत क्षेत्रको कर्जा विस्तारलाई कसिलो बनाउनुपर्ने र उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुपर्नेमा जोड दिए।

सांसद पदम गिरीले क्रिप्टो कारोबारको नियमन तथा व्यवस्थापनमा गम्भीर हुन राष्ट्र बैंकसँग आग्रह गरे। अर्का सांसद बिराजभक्त श्रेष्ठले कृषि क्षेत्रको वृद्धिदर बढ्ने गरी मौद्रिक नीति ल्याउन र ब्याजदरलाई वाञ्छित सीमाभित्र राखी लगानीको वातावरण बनाउन सुझाव दिए ।

सांसद भगवती चौधरीले साना तथा मझौला उद्यमीलाई सहजरूपमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। बैठकमा गभर्नर अधिकारीले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने तथा बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति जारी गर्ने जवाफ दिए।

उनले पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा, तरलता पर्याप्त र ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार सुस्ताएको बताए। ‘बाह्य क्षेत्रमा राम्रो सुधार भएको छ। भुक्तानी सन्तुलन सहज अवस्थामा पुगेको छ। तर विश्वबजार र आन्तरिक बजार एकदमै असहज अवस्थामा देखिन्छ’, उनले भने । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न राष्ट्र बैंकले आवश्यक उपकरण प्रयोग गर्ने उनको भनाइ थियो। रासस