BIZMANDU
www.bizmandu.com

आशंका गरिएको वस्तु सुन नभएको पुष्टि, एक्स-रेले देखाएन, वान-टु-वान हेर्दै

२०८० साउन ४

आशंका गरिएको वस्तु सुन नभएको पुष्टि, एक्स-रेले देखाएन, वान-टु-वान हेर्दै
आशंका गरिएको वस्तु सुन नभएको पुष्टि, एक्स-रेले देखाएन, वान-टु-वान हेर्दै


काठमाडौं। थप सुन भएको आशंका गरिएर जाँच गरिएका सामानहरुमा सुन नभेटिएको भन्सार विभागले जनाएको छ।

Tata
GBIME

बुधबार १०० किलो हाराहारी सुन भेटिएपछि उस्तै प्रकृतिका स्पेयर पार्ट्स रहेको सामान जाँच गर्दा सुन नभेटिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए।

‘हामीले हाम्रो एक्स-रे मेसिनमा ती सामग्रीहरु हालेर हेर्‍यौं। त्यसमा कम्प्युटरको मदरबोर्ड र केही स्पेयर पार्ट्स मात्रै भेटिएको छ। मेसिनले डिटेक्ट नगरेपछि हामीले ती सामग्रीहरुलाई वान-टु-वान खोलेरै हेरिरहेका छौं,’ पौडेलले भने।

गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले त्यसको परीक्षण भइरहेको छ।

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान गरिएको अवस्थामा बिहीबार थप १०० किलो सुन हुनसक्ने आशंकाबीच जाँच थालिएको थियो।