BIZMANDU
www.bizmandu.com

आर्थिक संकटको तस्बिर: ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या सय प्रतिशत बढीले वृद्धि

२०८० साउन ४

आर्थिक संकटको तस्बिर: ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या सय प्रतिशत बढीले वृद्धि
आर्थिक संकटको तस्बिर: ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या सय प्रतिशत बढीले वृद्धि


काठमाडौं। उच्च ब्याज दर, तरलता अभाव र आर्थिक मन्दीले आम जनजीवन कसरी आर्थिक रुपमा कस्टकर भइरहेको छ भन्ने तस्बिर कालोसूचीमा पर्ने संख्यामा भएको बढोत्तरीले देखाएको छ।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष मात्र कालोसूचीमा पर्ने ऋणीको संख्या १२७.४२ प्रतिशतले बढेको छ। कर्जा सूचना केन्द्रका अनुसार, गत आर्थिक वर्षमा मात्रै कुल २९ हजार ८४३ जना कालोसूचीमा परेका छन्।

दुई वर्षयता कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ। आर्थिक संकट पनि यही दुई वर्ष निक्कै चुलिएको थियो।

अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १८३.४७ प्रतिशतले बढेको थियो। त्यो साल अर्थात आर्थिक वर्ष २०७८/७९ मा १३ हजार १२२ जना कालोसूचीमा परेका थिए।

त्यसअघिको वर्षमा जम्मा ४६ सय २९ जना कालोसूचीमा परेका थिए। पाँच वर्षयता कालोसूचीमा पर्नेको संख्या ५० प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ।