BIZMANDU
www.bizmandu.com

हाथवे इन्भेष्टमेन्ट नेपालले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने

२०८० साउन ४

हाथवे इन्भेष्टमेन्ट नेपालले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने
हाथवे इन्भेष्टमेन्ट नेपालले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने


काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपालले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ। श्रमिकहरुले आउँदो साउन १८ गतेसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको हो।

GBIME
Tata

कुल २ लाख ९२ हजार ५०० कित्तामा आवेदन दिन मिल्छ। कम्पनीले आइपीओको अंकित मूल्य ५० रुपैयाँ तोकेको छ। जसअनुसार न्यूनतम २० देखि धेरैमा एक लाख कित्तासम्म आवेदन दिन मिल्छ।

सेयर बजार, रियलस्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी गरिरहेको कम्पनीले पहिलो पटक साधारण सेयर जारी गर्ने अनुमति पाएको हो। कम्पनीको जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ।

कम्पनीको संस्थापक सेयरधनीमा आइएमइ समूहका हेमराज ढकाल, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, निमिषा इन्भेष्टमेन्ट प्रालि, कुमार पौडेल, सुमित प्रधान, सुशिल अर्याल, गौरी श्रेष्ठ, प्रभु क्यापिटल, मनिष ढकाल, लिना बिष्ट, गौतमप्रसाद खनाल, शिवकुमार श्रेष्ठ, एसआर हाइड्रो र योगेश्वर शर्मा ढकाल छन्। कम्पनीको अध्यक्ष पनि योगेश्वर नै हुन्।