BIZMANDU
www.bizmandu.com

राजस्वले समातेको सुनको परिमाण कति? यकिनका लागि पठाइयो राष्ट्र बैंक

२०८० साउन ३

राजस्वले समातेको सुनको परिमाण कति? यकिनका लागि पठाइयो राष्ट्र बैंक
राजस्वले समातेको सुनको परिमाण कति? यकिनका लागि पठाइयो राष्ट्र बैंक

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएको सुनको परिमाण यकिनका लागि राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंक पठाएको छ। बुधबार दिउँसो कार्गो निरीक्षणका क्रममा विभागको टोलीले सुन समातेको थियो।

Tata
GBIME

विभाग स्रोतका अनुसार समातिएको सुन सम्भवतः अहिलेसम्मकै ठूलो परिमाणको हो। यसअघि २०७४ भदौमा चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन ठमेलमा समातिएको थियो।

विभगको टोलीले तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको हो।