BIZMANDU
www.bizmandu.com

त्रिभुवन विमानस्थलमा समातियो अहिलेसम्मकै ठूलो परिमाणको सुन, मूल्य एक अर्बभन्दा बढी

२०८० साउन ३

त्रिभुवन विमानस्थलमा समातियो अहिलेसम्मकै ठूलो परिमाणको सुन, मूल्य एक अर्बभन्दा बढी
त्रिभुवन विमानस्थलमा समातियो अहिलेसम्मकै ठूलो परिमाणको सुन, मूल्य एक अर्बभन्दा बढी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ।

Tata
GBIME

राजस्व अनुसन्धान विभगको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो। विभाग स्रोतका अनुसार एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान छ।

बुधबार दिउँसो विभागको टोलीले तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको थियो। उक्त सुन परीक्षण भएको छ। परीक्षणबाट पुष्टि भएपछि विभागको टोलीले अहिले तौल र मूल्याङ्कन गरिरहेको छ।

पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो। २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।