BIZMANDU
www.bizmandu.com

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन भदौ ८ मा, ५ सयभन्दा सहभागी हुने

२०८० साउन ३

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन भदौ ८ मा,  ५ सयभन्दा सहभागी हुने
सम्मेलनको समझदारी पत्रमा बुधवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्सिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।


काठमाडौं। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करण काठमाडौंमा आगामी भदौ ८ गते हुने भएको छ। राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युट (एनबीआई)ले संयुक्तरुपमा सम्मेलन गर्ने भएका हुन्।

Tata
GBIME
NLIC

‘युवा नवप्रवर्तन : लगानी र समृद्धि’ भन्ने नारासहित गर्न लागिएको सम्मेलनमा ६० जिल्लाका ५ सयभन्दा बढी युवा सहभागी हुनेछन्।युवाहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्ने उद्देष्यले सम्मेलन गर्न लागेको परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। उनका अनुसार स्टार्टअप उद्यमलाई सहजीकरण गर्नु पनि सम्मेलन गर्न लाग्नुको कारण हो।

युवा उद्यमशीलताको भिजन २०३० बनाउनका लागि सम्मेलन उपलब्धिमूलक हुने परिषद्को विश्वास छ। सम्मेलनमा युवाहरूमा वित्तीय पहुँच, सरकारी नीति, स्टार्टअप कार्यक्रम लगायत विषयमा छलफल हुनेछ। सफल युवा उद्यमीले आफ्ना अनुभव पनि सुनाउनेछन्।

एनबीआईका अध्यक्ष एवं सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले लगानीका प्राथमिकताप्राप्त क्षेत्र पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बढाउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे। सम्मेलन संयुक्तरुपमा गर्ने समझदारी पत्रमा परिषद्का उपाध्यक्ष बस्नेत र एनबीआईका अध्यक्ष गैरेले आज हस्ताक्षर गरेका छन्।