BIZMANDU
www.bizmandu.com

सूर्योदय वोमी लघुवित्तले ४६ हजार ७२९ कित्ता एफपीओ निष्काशन गर्ने, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

२०८० साउन ३

सूर्योदय वोमी लघुवित्तले ४६ हजार ७२९ कित्ता एफपीओ निष्काशन गर्ने, मूल्य प्रतिकित्ता १०० रुपैयाँ
सूर्योदय वोमी लघुवित्तले ४६ हजार ७२९ कित्ता एफपीओ निष्काशन गर्ने, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक अफरिङ) निष्काशन गर्ने भएको छ। लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

लघुवित्तले एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन तथा बिक्री गर्ने छ। एफपीओ निष्काशनका लागि लघुवित्तले आज कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर एफपीओ निष्कासन गर्ने भएको हो। लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ। लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि एफपीओ जारी गर्न लागेको हो।