BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री दाहालले गोरखा पुगेर भने- बूढीगण्डकी आयोजनाको निर्माण अब अघि बढ्छ

२०८० साउन ३

प्रधानमन्त्री दाहालले गोरखा पुगेर भने- बूढीगण्डकी आयोजनाको निर्माण अब अघि बढ्छ
????????????? ???????? ????? ‘???????’ ?????? ??????? ?????? ??????????–? ??????????????? ?????????? ?????????? ?????? ????????? ????? ???????? ??????? ?????????????? ??????? ?????????? ? ??????? ????????? ????÷????

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा नरहेको बताएका छन्। उनले आज गोरखाको सिउरेनीटारमा आयोजनाको साइट कार्यालय उद्घाटन गर्दै आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने बताए।

Tata
GBIME

‘बूढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाइन्छ। आयोजनाका निम्ति विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ’ उनले भने। सरकारले निर्माणका लागि लगानी व्यवस्थापनको गृहकार्य गरिरहेको उनको भनाइ छ। आयोजना निर्माणका लागि सरकारले ६० अर्ब अधिकृत पुँजी रहने गरी एक वर्षअघि कम्पनी स्थापना गरेको थियो।

१२०० मेगावाटको यो आयोजना निर्माण गर्न करिब ३ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। सरकारले आन्तरिक स्रोतमा निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ। प्रधानमन्त्री दाहालले भने, ‘यो आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन सरकारले तयारी गरिरहेको छ। अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्नेछुट छैन।’ उनले निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिए। रासस