BIZMANDU
www.bizmandu.com

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार, सर्वाधिक युनाइटेड अजोडको

२०८० साउन ३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार, सर्वाधिक युनाइटेड अजोडको
सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार, सर्वाधिक युनाइटेड अजोडको


काठमाडौं। तीव्र उतारचढावका बावजुद बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो साता सुरुदेखि नै निरन्तर बढिरहेको बजारमा दोहोरो अंकको वृद्धि भएको हो।

Tata
GBIME

नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.३३ अंकले बढेको छ।

गत आइतबार १२.१६, सोमबार ४७.०७, मंगलबार ९.९१ अंकले बढेको बजारको वृद्धि बुधबार ११.१७ अंकको रह्यो।

बजारमा तरलता बढ्दै छ भने ब्याजदर पनि घट्दो क्रममा देखिएको छ। तसर्थ राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने अपेक्षा लगानीकर्ताहरुको छ। तसर्थ बजारप्रति लगानीकर्ताहरु सकारात्मक भइदिदा पनि बजार बढेको देखिएको हो।

बैंकिङ, बजार, सामूहिक लगानी कोष योजना, उत्पादन तथा प्रशोधन क्षेत्र अन्तर्गतका उपसमूह बढ्दा बजार बढेको हो।

आज सेयर कारोबार सुरु भएको २० मिनेटमा नेप्से १२ अंकले घटेर २१४२ बिन्दु तल आइपुगेको थियो। त्यसपछि बढ्न लागेको बजार २१७४ बिन्दुसम्म पुगेको छ। उक्त बिन्दुमा बजार पुनः घट्न सुरु गरेको  थियो।

आज बजार बढ्दा बीपीडब्लु लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ बढेको हो।

यस्तै विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४९ र बोटलर्स नेपाल (तराई)को प्रति कित्ता ८३० रुपैयाँ बढेको छ।

आज दिनभरमा ३ अर्ब ३४ करोड बराबरको सेयर कारोबार भएको छ। कारोबारका आधारमा युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी उच्च स्थानमा छ। कम्पनीको २३ करोड ५७ लाख रकम बराबरको सेयर कारोबार भएको छ।

यस्तै एनआइसी एसिया बैंकको १४ करोड ७० लाख रकम बराबरको र शिवम् सिमेन्टको १३ करोड ८८ लाख रकम बराबरको सेयर कारोबार भएको छ।