BIZMANDU
www.bizmandu.com

हिमालय कलेजको हेक्स २०८० साउन ६ र ७ मा, विद्यार्थीहरुको सृजना प्रदर्शन हुँदै

२०८० साउन ३

हिमालय कलेजको हेक्स २०८० साउन ६ र ७ मा, विद्यार्थीहरुको सृजना प्रदर्शन हुँदै
हिमालय कलेजको हेक्स २०८० साउन ६ र ७ मा, विद्यार्थीहरुको सृजना प्रदर्शन हुँदै

काठमाडौं। हिमालय कलेज अफ इन्जिनियरिङले चौथोपटक शैक्षिक प्रदर्शन हेक्स २०८० आयोजना गर्ने भएको छ।

Tata
GBIME

साउन ६ र ७ गते कलेजले इन्जिनियरिङ र आर्किटेक्ट पढिरहेका विद्यार्थीहरुको सृजनालाई हेक्समा प्रदर्शन गर्ने जनाएको छ। कलेजले कल्पना नवीनता र प्रेरणाको थिममा उक्त प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ।

हेक्स इन्जिनियरिङको उत्कृष्ट र उदाहरणीय प्राविधिक उत्सव भएको भन्दै कलेजले २०१७ बाट यो सुरु गरेको थियो। प्रदर्शनीमा ९ हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ।

इन्जिनियर, आर्किटेक्ट, इन्टेरियर डिजाइनर, हाइ स्कुलका विद्यार्थीहरुलाई लक्षित गरी हेक्स आयोजना गर्ने गरिएको कलेजले जनाएको छ। प्रदर्शनीलाई चार विधामा विभाजन गरिएको छ।

आर्किटेक्चर इभेन्ट, कम्प्युटर इन्जिनियरिङ र सीएसआइटी, इलेक्ट्रोनिक्स र कम्प्युटर कम्युनिकेसन इन्जिनियरिङ इभेन्ट रहने बताइएको छ।