BIZMANDU
www.bizmandu.com

सिनामंगलमा सुन पसल अगाडि शंकास्पद वस्तु भेटियो, बम राखेको आरोपमा एक जना पक्राउ

२०८० साउन ३

सिनामंगलमा सुन पसल अगाडि शंकास्पद वस्तु भेटियो, बम राखेको आरोपमा एक जना पक्राउ
सिनामंगलमा सुन पसल अगाडि शंकास्पद वस्तु भेटियो, बम राखेको आरोपमा एक जना पक्राउ

काठमाडौं। काठमाडौंको सिनामंगल पुल नजिकै रहेको सुन पसल अगाडि शंकास्पद वस्तु फेला परेको छ।

Tata
GBIME
Zonsen

खोटाङ हलेसी ज्वेलरी पसल अगाडि पर्चासहित शंकास्पद वस्तु भेटिएको हो। पसल नजिकै भेटिएको सानो कागजमा सुन पसलका सञ्चालकलाई पार्टीलाई सहयोग गर्न भनिएको छ। पर्चामा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको छ। प्रहरी अनुसन्धानमा सुन पसलका संचालकसँग सो पार्टीले फोन गरेर रकम मागेको खुलेको छ।

पत्रमा आरडीएक्स (बम) राखिएकाले सावधान हुन समेत अनुरोध गरिएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली समेत घटनास्थल पुगेर निष्क्रिय पारेको छ। प्रहरीले बम राखेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ।