BIZMANDU
www.bizmandu.com

मौलाकाली केबलकारको ‘इभिनिङ अफर’, २७५ रुपैयाँमा दुईतर्फी टिकट पाइने

२०८० साउन २

मौलाकाली केबलकारको ‘इभिनिङ अफर’, २७५ रुपैयाँमा दुईतर्फी टिकट पाइने
मौलाकाली केबलकारको ‘इभिनिङ अफर’, २७५ रुपैयाँमा दुईतर्फी टिकट पाइने


काठमाडौं। मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ अफर ल्याएको छ। साउनदेखि लागू हुनेगरी अफर ल्याएको कम्पनीले जनाएको छ। अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने स्टेसन मेनेजर सुरज पौडेलले बताए।

Tata
GBIME
NLIC

अहिले केबलकारको दुईतर्फी साधारण टिकट ५५० रुपैयाँ छ। अफरमा २७५ रुपैयाँमा दुईतर्फी टिकट पाइने छ।

अफरबाट मौलाकालिका मन्दिरमा दर्शनार्थी बढ्ने कम्पनीको विश्वास छ।

मन्दिरमा अघिल्ला वर्षको तुलनामा भक्तजनको संख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए।

वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि सेवा दिँदै आएको छ। शनिबार र अन्य बिदाका दिन बिहान ५:३० बजेदेखि केबलकार सञ्चालन हुने गरेको छ।