BIZMANDU
www.bizmandu.com

हडतालमा हलिउडका कलाकार, स्वास्थ्य बीमा गर्न पनि पुग्दैन पारिश्रमिक

२०८० साउन २

हडतालमा हलिउडका कलाकार, स्वास्थ्य बीमा गर्न पनि पुग्दैन पारिश्रमिक
Photo : AP

गएको बिहीबारदेखि हलिउड कलाकारहरु हडतालमा छन्। ठूला व्यवसायिक स्टुडियोहरुसँग सहमति हुन नसकेपछि १ लाख ६० हजार कलाकारले काम ठप्प पारेका हुन्। जसकारण कयौं फिल्म र टेलिभिजन प्रोड्क्सनको काम रोकिएको छ।

Tata
GBIME
Zonsen

स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको छ।

यस्तै, उनीहरुले पाउने पारिश्रमिकमा समेत वृद्धि हुनुपर्ने माग गरेका छन्। उनीहरुले ‘रेसिड्युअल’ बारे पुन: विचार गर्न पनि माग गरेका छन्। टेलिभिजन शो वा फिल्म फेरि प्रसारण गरेबापत कलाकारहरुले पाउने रकम ‘रेसिड्युअल’ हो।

गिल्डमा रहेका १ लाख ६० हजार सदस्यले गत मे महिनादेखि हडतालमा रहेका राइटर्स गिल्स अफ अमेरिकाका ११ हजार सदस्यसँग मिलेर आन्दोलन गरिरहेको हो।

यो आन्दोलनमा धेरै पारिश्रमिक पाउने कलाकारहरुले पनि समर्थन गरेका छन्। तर, सयौं फिल्म र टीभी शोहरुमा काम गरेका कलाकारहरुको पारिश्रमिक वृद्धि र रेसिड्युअलबारे पनि उनीहरुले आवाज उठाएका छन्।

स्क्रिन एक्टर्स गिल्ड – अफट्राका अध्यक्ष फ्रान ड्रेस्चरले घरभाडा तिर्न, परिवारलाई खानाको जोहो गर्न र बालबालिकालाई विद्यालय पठाउनका लागि हाल कलाकारहरु आन्दोलनमा रहेको बताए। उनले धेरै कलाकार धनी भए पनि अधिकांश कलाकारहरु आर्थिक समस्याबाट गुज्रिरहेको बताए। हलिउडमा भइरहेको यो हड्ताल ६० वर्षायताकै सबैभन्दा ठूलो हडताल हो।

‘जे तपाईंहरु हेरिरहनु भएको छ, जे हेरेर तपाईंहरु मनोरञ्जन लिइरहनु भएको छ, त्यो सबै तपाईंहरु धेरै पैसा नकमाउनेहरुको कारण हेरिरहनु भएको छ,’ ड्रेस्चरले भनिन्।

अमेरिकाको ब्युरो अफ लेबर स्ट्याटिक्स (बीएलीस)का अनुसार क्यालिफोर्नियाका कलाकारहरुको औसत तलब प्रतिघण्टा २७.७३ डलर (३ हजार ६ सय ४० रुपैयाँ) छ। यद्यपि, बीएलएसका अनुसार कामको प्रकृतिका कारण कलाकारहरुलाई पूर्णरुपमा भुक्तानी गरिँदैन।

यो सातामात्रै कलाकार र मुभी स्टुडियोबीचको सम्झौता सकिएको थियो। त्यसअघि गिल्डले कलाकारहरुको पारिश्रमिक बढाउन छलफल गरेको थियो। उदाहरणका लागि, टेलिभिजन शोमा एक हप्ता काम गर्नेले ३ हजार ७५६ (करिब ४ लाख ९३ हजार) प्रतिहप्ता पाउनुपर्ने हो।

तर, कलाकारहरुले निर्धारित रकम भने पाउने गरेका छैनन्। २० वर्ष अभिनय गर्दै आएकी कलाकार केली स्टेवार्टले कलाकारहरुले तय गरिएको रकम घर कहिलै नलैजाने बताइन्।

‘जब तपाईं पे चेक पाउनुहुन्छ त्यो सबै तपाईंले राख्‍न पाउनुहुन्न,’ उनले भनिन्, ‘ कर तिर्नुपर्ने हुन्छ, कमिसन दिनुपर्ने हुन्छ। मेरो लागि एजेन्ट, म्यानेजर र डिल गर्न लाग्ने वकिलहरु छन्। जति कमाउँछु भनेर मैले भन्छु, मलाई थाहा हुन्छ कि त्यो ३५ प्रतिशत कम हो।’

सन् २०२२ मा सबैभन्दा बढी कमाउने (२७० मिलियन डलर) कलाकार हुन् ड्वाने जनशन। उनले जंगल क्रुज र रेड नोटिसमा काम गरेबापत् ठूलो रकम पाएका थिए।  तर फोर्ब्सका अनुसार सन् २०२२ मा उनको कमाइको अधिकांश आम्दानी उनको टकिला ब्रान्ड, तेरेमानाबाट आएको थियो। यस्तै, गत वर्ष पनि टम क्रुजले टप गन : म्याभेरिकमा काम गरे वापत् १०० मिलियन डलर लिएको रिपोर्ट सार्वजनिक भएको थियो। आइएसीका अध्यक्ष बेरी डिल्लरले धेरै पारिश्रमिक लिन कलाकार मुभी एक्जुकेटिभ्सहरुलाई २५ प्रतिशत कम रकम लिन आग्रह गरेका छन्।

‘कम्पनी संचालन गर्ने १० व्यक्तिले सबै रकम कसरी लिन सक्छन् र हामीलाई पैसा दिन सक्दैनन् ? १० एक्जुकेटिभ्सहरु भन्दा १० टप कलाकारहरुले बढी कमाउँछन्। म दुवैलाई सही भनिरहेको छैन। वास्तवमा सबैजनाले धेरै रकम पाइरहेका छन्’

कुनै एक कलाकारले स्वास्थ्य बीमाका लागि योग्य हुन घरमा २६ हजार ४७० अमेरिकी डलर लैजानु पर्छ। यद्यपि, चर्चित कलाकारहरुले फिल्म र टेलिभिजनमा काम गरेबापत् मिलियन डलर रकम कमाउँदा गिल्डमा आबद्ध कलाकारहरुले भने न्यूनतम रकमसमेत पाएका छैनन्।’

कलाकार रड म्याक्ल्यानले स्वास्थ्य बीमाको ‘थ्रेसहोल्ड’ पुग्न निकै गाह्रो रहेको बताए। उनले भने, ‘यदि तपाईं यसको बारेमा सोच्नुहुन्छ भने २६ हजार डलर मध्यम-वर्गको ज्याला होइन। कलाकारको जीवनमा राम्रो र नराम्रो वर्ष हुन्छ।’

डिज्नीका सीइओ बब इगरले भने हडतालमा उत्रिएका कलाकारहरुको माग उचित भएको बताए। ‘व्यापारमा चुनौती भएका बेला उनीहरुले थप समस्या थपिदिएका छन्,’ उनले भने।