BIZMANDU
www.bizmandu.com

मेरियोट होटलले रात्रिकालीन अन्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै, प्रवेश शुल्क १ हजार

२०८० साउन २

मेरियोट होटलले रात्रिकालीन अन्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै, प्रवेश शुल्क १ हजार
मेरियोट होटलले रात्रिकालीन अन्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै, प्रवेश शुल्क १ हजार

काठमाडौं। काठमाडौंको नक्सालस्थित मेरियोट होटलले शुक्रबार रात्रीकालीन अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्ने भएको छ। होटलले पार्टीका लागि टिकट शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकेको छ।

Tata
GBIME

‘नाइट लाइफ’को अनुभव दिन पार्टी गर्न लागेको होटलले जनाएको छ। होटलका क्लस्टर  जनरल म्यानेजर विशाल मेहराले रात्रीकालीन पार्टी ग्राहकका लागि अविष्मरणीय हुने दाबी गरे।

सहभागीले विभिन्न परिकारसँगै पेय पदार्थको स्वादमा मनोरञ्जन लिन सक्ने छन्। मेहराका अनुसार सहभागीले एउटा टिकट खरिदबापत एउटा वियर नि:शुल्क पाउनेछन्। कार्यक्रममा वीपीएम, वाईएनजेड एन, ओ मान्सी लगायत चर्चित डिजेहरूको प्रस्तुति रहने जनाइएको छ।