BIZMANDU
www.bizmandu.com

महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनीको साथ, युनिलिभरले दियो २५ लाख रुपैयाँ

२०८० साउन २

महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनीको साथ, युनिलिभरले दियो २५ लाख रुपैयाँ
महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनीको साथ, युनिलिभरले दियो २५ लाख रुपैयाँ


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभर नेपाल लिमिटेड महिला फुटबल टोली प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेका छन्। मंगलवार सोल्टी होटलमा एन्फा र युनिलिभरबीच एकवर्षका लागि सम्झौता गरिएको हो।

Tata
GBIME
NLIC

एन्फाका महासचिव किरण राईका अनुसार सम्झौता बमोजिम युनिलिभरले एन्फालाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ। त्यस्तै एन्फालाई महिलाका प्रतियोगिताहरुमा युनिलिभरको लोगो राख्नेछ भने मापदण्ड अनुरुप मिल्ने क्षेत्रमा टी सर्टमा लोगो प्रयोग गर्नेछ।

कार्यक्रममा नेपाली टोलीकी कप्तान अन्जिला तुम्बाफोले महिला टोलीलाई प्राथमिकता दिएकामा धन्यवाद दिँदै फुटबलमा भविष्य खोजिरहेका युवा खेलाडीलाई राम्रो सन्देश जाने बताइन्।

त्यस्तै युनिलिभर नेपालका प्रवन्ध निर्देशक अम्लान मुखर्जीले महिला शशक्तिकरण र लैङ्गिक समानताबारे चर्चा गर्दै खेलकुदबाट सकारात्मक सामाजिक परिवर्तन चाहेको बताए।

सम्झौताबाट महिला टोलीलाई सहयोग र प्रवर्धनका लागि नजिकबाट काम गर्ने युनिलिभरले विज्ञप्तिमा जनाएको छ। कार्यक्रममा महिला टोलीका खेलाडीहरु युनिलिभरको लोगो भएको टी सर्ट लगाएर उपस्थित भएका थिए।

अध्यक्षको भाषणले ‘कन्फ्युज्ड’ मन्त्री चिप्लिए

कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले नेपाली महिला टोलीले सन् २०२७ या ३१ सम्म नेपालले विश्वकप खेल्ने लक्ष्य राखेर काम गरिरहेको बताए। अस्ट्रेलिया र न्युजिल्याण्डमा महिला विश्वकप हुनु दुई दिनअघि नेपाली महिला टोलीले प्रायोजन पाउनु सकारात्मक पक्ष भएको तर्क गरे।

उनीपछि बोलेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू भने चिप्लिए। उनले अस्ट्रेलियामा हुने विश्वकपमा राम्रो प्रदर्शन गर्न नेपाली टोलीलाई शुभकामना दिए।

नेपाली टोली केही दिन हिजोमात्र बंगलादेशमा दुई खेलको सिरिज जितेर नेपाल फर्किएको थियो।