BIZMANDU
www.bizmandu.com

निगमले ४ जहाजको किस्तावापत तिर्‍यो ८३ करोड, नेतृत्व परिवर्तनपछि आम्दानीमा सुधार भएको दाबी   

२०८० साउन १

निगमले ४ जहाजको किस्तावापत तिर्‍यो ८३ करोड, नेतृत्व परिवर्तनपछि आम्दानीमा सुधार भएको दाबी   
निगमले ४ जहाजको किस्तावापत तिर्‍यो ८३ करोड, नेतृत्व परिवर्तनपछि आम्दानीमा सुधार भएको दाबी   


काठमाडौं। नेपाल वायुसेवा निगमले चारवटा जहाज खरिद गर्न लिइएको ऋणको किस्तावापत एक वर्षमा करीब ३ अर्ब ७८ करोड रुपैयाँ तिरेको छ । निगमले पछिल्लोपटक आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ तिरेको छ।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष चैतसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमले जनाएको छ। नयाँ नेतृत्वपछि आफ्नो व्यापार विस्तारका साथै आम्दानीमा सुधार हुँदै गएको निगमको दाबी छ। नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मत सम्भार र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ।

निगमले दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट किन्ने प्रक्रिया अगाडि बढाएको छ ।