BIZMANDU
www.bizmandu.com

चालु वर्षको बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन

२०८० साउन १

चालु वर्षको बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन
चालु वर्षको बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन

 काठमाडौं। नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारी काम गर्न विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा सोमबार भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन्। 

बैठकमा सहभागी एक सचिवका अनुसार, सरकारले लिएका ‘माइलस्टोन कार्यक्रमहरु’ लाई पुरा गर्न आवश्यक योजना तय गरी बेरुजु फर्छ्याैटमा ध्यान दिन छलफल भएको छ।

यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।