BIZMANDU
www.bizmandu.com

जहाज मर्मतमा चुकेको निगमको प्रष्टीकरण : नियमित चेकजाँचले समस्या आयो त्यसैले ग्राउण्डेड

२०८० साउन १

जहाज मर्मतमा चुकेको निगमको प्रष्टीकरण : नियमित चेकजाँचले समस्या आयो त्यसैले ग्राउण्डेड
जहाज मर्मतमा चुकेको निगमको प्रष्टीकरण : नियमित चेकजाँचले समस्या आयो त्यसैले ग्राउण्डेड


काठमाडौं। जहाज मर्मत सम्भारमा व्यवस्थापन चुकेको समाचार आएसँगै नेपाल वायुसेवा निगमले ध्यानाकर्षणसहित प्रष्टीकरण दिएको छ। निगमले आफूसँग भएको नाइन एन-एकेडब्लु र नाइन एन-एकेएक्स  कलसाइनको जहाज नियमित चेकजाँचमा प्राविधिक समस्या आएपछि ग्राउण्डेड गरेको जनाएको छ।      

Tata
GBIME
NLIC

एक साताअघि प्राविधिक समस्या आएर ग्राउण्डेड रहेको नेवानिको नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाजको मर्मत सम्भार आजै सकिने भएको छ। उक्त जहाजमार्फत आजबाटै नियमित उडान गर्ने निगमले जनाएको छ।     

नियमित मर्मत सम्भारका लागि निरीक्षणका क्रममा उक्त न्यारोबडी जहाजको दायाँ इन्जिनको एउटा ‘एट्रिसन लाइनिसङ’ मा प्राविधिक समस्या देखिएको थियो। जहाज मर्मत भइरहेको र आज बेलुकीसम्ममा नियमित उडानमा पठाउने योजना रहेको निगम प्रवक्ता रमेश पौडेलले बताए।

यसैगरी अर्को जहाज नाइन एन-एकेएक्सको नियमित निरीक्षण गदाँ बायाँ इन्जिनको ‘हाइ प्रेसर टर्बाइन ट्रेलिङ एज’ मा प्राविधिक समस्या देखिएको जनाइएको छ। अप्रुभल म्यानुअल र निर्माता कम्पनी ओइएमको सुझाव अनुसार १० साइकल मात्र उडान गर्न सक्ने निगमले जनाएको छ।

यो जहाजको इन्जिन ओभरहलका लागि प्रक्रिया सुरु गरेको निगमले जनाएको छ।

नियमित मर्मत सम्भारका बाबजुद पनि दुई एयरबस-३२० जहाजमा एकै समयमा चरा ठोक्किएका कारण इन्जिनमा प्राविधिक समस्या आइ ग्राउण्डेड भएको निगमले जनाएको छ।

दुईवटा जहाज ग्राउण्डेड भए पनि निगमले पूर्व निर्धारित उडान जारी राखिएको जनाएको छ। दुई न्यारोबडी जहाजमा एक महिनाको अवधिमा दुई पटक समस्या आइसकेको छ।