BIZMANDU
www.bizmandu.com

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने सामान्य गिरावट

२०८० साउन १

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने सामान्य गिरावट
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने सामान्य गिरावट


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आए पनि स्थानीय बजारमा भने थपघट भएको छैन।

Tata
GBIME
NLIC

आइतबार सुन ३ सय रुपैयाँले घटेर बजार मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनदेखि प्रतितोला १४ सय ८० रुपैयाँमा स्थिर छ।

एक महिनादेखि बजारमा सुनचाँदीको कारोबार न्यून रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव हुँदा सुनको कारोबार प्रभावित छ। उच्च भएको मूल्य फराकिलो अंकले घटेको छैन। कारोबार नै घटेपछि व्यापारीले बैंकबाट सुन उठाउन कम गरेका छन्। जसले गर्दा बैंकले आयात गरेको सुन स्टक बस्न थालेको छ। मलमास सुरु भएपछि सुनको कारोबार झन घट्ने उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको छ। सोमबार सुन प्रतिऔंस १९५३.७४ डलर छ। आइतबार प्रतिऔंस १९५५.७३ डलर थियो। चाँदी आइतबार प्रतिऔंस २४.९५ डलर रहेकोमा सोमबार घटेर २४.८३ डलर भएको छ।