BIZMANDU
www.bizmandu.com

एनएसीले ३० जना एयर होस्टेस करारमा भर्ना गर्दै, शैक्षिक योग्यता १२ पास

२०८० साउन १

एनएसीले ३० जना एयर होस्टेस करारमा भर्ना गर्दै, शैक्षिक योग्यता १२ पास
एनएसीले ३० जना एयर होस्टेस करारमा भर्ना गर्दै, शैक्षिक योग्यता १२ पास

काठमाडौं। नेपाल वायुसेवा निगमले करार सेवा अन्तर्गत ३० जना एयरहोस्टेसको दर्खास्त आह्‍वान गरेको छ। निगमले जेठ मसान्तसम्म रिक्त रहेका दरबन्दीमा दर्खास्त आह्‍वान गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

निगमले खुला गरेको यो पदाका लागि न्यूनतम उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ।

कर्मचारी सेवा सर्त सम्वन्धी विनियमावली २०५८को विनियम २४ (क) (१०)  बमोजिम करार सेवा पदपूर्ति गरेको निगमले जनाएको छ। यसका लागि १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको उमेर हद कायम गरिएको छ।

निगमका अनुसार आउँदो साउन १४ गतेसम्म अन्तिम म्याद दिइएको छ भने २१ गतेसम्मका लागि दोब्बर दस्तुर तिरेर दर्खास्त दिन सकिेने व्यवस्था रहेको जनाइएको छ।