BIZMANDU
www.bizmandu.com

सोलु हाइड्रोपावरले ८२ मेगावाटको तल्लो सोलु निर्माण गर्ने, इआइएमा माग्यो सुझाव

२०८० साउन १

सोलु हाइड्रोपावरले ८२ मेगावाटको तल्लो सोलु निर्माण गर्ने, इआइएमा माग्यो सुझाव
सोलु हाइड्रोपावरले ८२ मेगावाटको तल्लो सोलु निर्माण गर्ने, इआइएमा माग्यो सुझाव


काठमाडौं। सोलुखुम्बुमा ८२ मेगावाटको आयोजना थपिने भएको छ। तल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिने भएको हो।

Tata
GBIME
NLIC

यो आयोजना सोलु हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको हो। कम्पनीले अहिले वातावरणीय प्रभाव (इआइए) प्रतिवेदन तयार पारिरहेको छ। सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै यही साउन ७ र ८ गते सार्वजनिक सुनुवाई गर्न लागेको उल्लेख गरेको छ।

प्रस्तावित आयोजना सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका र सोलुदुधकुण्ड गाउँपालिका भएर बग्ने सोलुखोलामा निर्माण हुनेछ। सोलु खोलाको पानीलाई साल्मे नजिकै ब्यारेजमार्फत वहाब परिवर्तन गरेर ४ वटा गेट भएको इन्टेकमार्फत ४२६० मिटर लम्बाइको सुरुङमार्ग हुँदै सर्ज साफ्टसम्म पुग्नेछ।

विद्युत उत्पादनपछि १५६.४२ मिटर लामो आरसीसी टेलरेस हुदै पुन: सोलु खोलामा पानी खसालिने छ। नेपाल इन्भाइरोन्मेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रालिले आयोजना परामर्शदाताको काम गरिरहेको छ।