BIZMANDU
www.bizmandu.com

भोलिदेखि आन्तरिक उडानमा भ्याटसहितको हवाई भाडादर लागू, नयाँ भाडा करिब ६% बढेर आउने

२०८० असार ३१

भोलिदेखि आन्तरिक उडानमा भ्याटसहितको हवाई भाडादर लागू, नयाँ भाडा करिब ६% बढेर आउने
भोलिदेखि आन्तरिक उडानमा भ्याटसहितको हवाई भाडादर लागू, नयाँ भाडा करिब ६% बढेर आउने


काठमाडौं। सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेअनुसार सोमबारदेखि नयाँ भाडादर लागू हुने भएको छ। वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ।

Tata
GBIME
NLIC

वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको जनाएका छन्। कम्पनीले सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने जनाएका छन्।

नयाँ भाडादर पहिलाको तुलनामा वृद्धि हुने वायुुसेवा कम्पनीले जनाएका छन्। वायुसेवा कम्पनीका अनुसार करिब ६ प्रतिशतले महंगो पर्नेछ। संघका प्रवक्ता योगराज कंडेल भन्छन्- ‘अब हवाई भाडादर वृद्धि हुन्छ। टिकटको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिन्छ। सबै कम्पनी भ्याट दर्ता प्रकृयामा गइसकेका छन्। हामीसँग भएको प्यानलाई नै भ्याटमा रुपान्तरण गर्ने हो।’

आउँदो साउन २५ गतेसम्म सबै वायुसेवाले रकमको विवरण बुझाउनका लागि कर विभागले पत्राचार गरिसकेको उनले जानकारी दिए।

सरकारले नयाँ आथिक वर्षको बजेट अगाडि इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो। सरकारले बजेटमार्फत घोषणा गरेको निर्णयप्रति असुन्तष्ट देखाएका वायुसेवा कम्पनीले अन्तिममा आएर पालना गरेका हुन्।  

हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएको छ।