BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर, आइतबार कति पुग्यो भाउ?

२०८० असार ३१

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर, आइतबार कति पुग्यो भाउ?
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर, आइतबार कति पुग्यो भाउ?

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँ घटेको हो। आइतबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिनको भन्दा एक सय रुपैयाँ बढ्दा शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो।

चाँदीको मूल्य आइतबार स्थिर छ। शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। आइतबार सुन प्रतिऔंस १९५५.७३ डलर छ भने चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ।