BIZMANDU
www.bizmandu.com

हकप्रद ल्याउन लागेको हिमालय ऊर्जा विकास कम्पनीको व्यापार ११ महिनामा करिब साढे २१ करोड

२०८० असार २८

हकप्रद ल्याउन लागेको हिमालय ऊर्जा विकास कम्पनीको व्यापार ११ महिनामा करिब साढे २१ करोड
हकप्रद ल्याउन लागेको हिमालय ऊर्जा विकास कम्पनीको व्यापार ११ महिनामा करिब साढे २१ करोड


काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनीले सन् २०२२/२३ को ११ महिनामा २१ करोड ४० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

रामेछापमा ७ मेगावाटको अपर खिम्ती-२ र १२ मेगावाटको उपल्लो खिम्ती गरी दुईवटा जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ।

कम्पनीले २०२२/२३ को ९ महिनामा १५ करोड ७० लाख रुपैयाँको बिजुली बिक्री गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ। २०२१/२२ मा कम्पनीले जम्मा १ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो।

कम्पनीमा सर्वाधिक सेयर स्वामित्व अरुण भ्याली जलविद्युत विकास कम्पनीको ४.३९ प्रतिशत, तुलसा देवी पाण्डेको ४.०५ प्रतिशत र श्रीराम पाण्डेको ३.१२ प्रतिशत छ।

कम्पनीले हकप्रद जारी गर्न नियामक निकाय विद्युत नियमन आयोगबाट १ बराबर १ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको छ। यसअघि कम्पनीले २०० प्रतिशत हकप्रद सेयर ल्याउने प्रस्ताव गरेको थियो। तर, आयोगले त्यसलाई अस्वीकार गर्‍यो।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड छ। कम्पनीले सोही बराबरको हकप्रद जारी गर्दै छ। जसका लागि इन्फोमेरिक्सले कम्पनीलाई आइआरएन डबल बी इस्युअर रेटिङ दिएको छ।