BIZMANDU
www.bizmandu.com

मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्ने

२०८० असार २६

मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने,  चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्ने
मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्ने

काठमाडौं। मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। फाइनान्सलाई धितोपत्र बोर्डले मंगलबार हकप्रद सेयर निष्काशनको स्विकृति दिएको हो। 

Tata
GBIME

मंगलबार कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशत अर्थात् २० रुपैयाँ बढेको थियो।

फाइनान्सले १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्दैछ। कुल १५ करोड ८२ लाख रुपैयाँको हकप्रद बिक्री गर्ने फाइनान्सको तयारी हो। प्रत्येक १०० कित्ता बराबर सेयरधनीले ३५ कित्ता हकप्रद खरिद गर्न मिल्नेछ। 

अहिले फाइनान्सको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ छ। हकप्रद बिक्री गरेपछि फाइनान्सको चुक्ता पुँजी ६१ करोड रुपैयाँ नाघ्नेछ।

दोस्रो बजारमा ३९५ रुपैयाँका दरले कारोबार भइरहेको मल्टिपर्पसले नियमित लाभांश दिने गरेको भने छैन। पछिल्लो लाभांश २०७७/७८ का लागि दिएको थियो। त्यतिबेला १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। 

यसअघि फाइनान्सले ८६५ प्रतिशतसम्म हकप्रद बिक्री गरेको थियो। जसमा प्रत्येक एक कित्ता हुने सेयरधनीले ८.६५ कित्ता हकप्रद किनेका थिए।