BIZMANDU
www.bizmandu.com

मनाङ हेलिकोप्टर दुर्घटनास्थलको मौसम धुम्म, उद्धारमा गएको अल्टिच्युड एयर आकासमै फनफनी

२०८० असार २६

मनाङ हेलिकोप्टर दुर्घटनास्थलको मौसम धुम्म, उद्धारमा गएको अल्टिच्युड एयर आकासमै फनफनी
मनाङ हेलिकोप्टर दुर्घटनास्थलको मौसम धुम्म, उद्धारमा गएको अल्टिच्युड एयर आकासमै फनफनी


काठमाडौं। मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको लामजुरा पासमा मौसम धुम्मिएर अवतरण हुन नसकेपछि खोजीका लागि गएको अल्टिच्युड एयरको हेलिकोप्टर आकासमै होल्ड भएको छ।

Tata
GBIME
NLIC

‘मौसमी कारणले गर्दा अल्टिच्युडको हेलिकोप्टर दुर्घटनास्थलमा पुग्न सकेको छैन। अहिले हेलिकोप्टर उडिरहेको छ,’ अल्टिच्युडका संचालक निमानुरु शेर्पाले भने, ‘माथि मौसम डम्मै छ भन्ने जानकारी आएको छ।

स्थलगत रुपमा भने सुरक्षाकर्मी परिचालन भइसकेका छन्।’

दुर्घटनाको रिपोर्ट आइरहेको उनले जानकारी दिए।